ad ad

राजनीति


युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै

फाइल तस्बिर


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ६:४८, काठमाडौँ

दसदिन लामो युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा जाँदैछन्।

राष्ट्रपति पौडेलको यही कात्तिक २२ गतेदेखि मंसिर १ गतेसम्मको युरोप भ्रमण गर्ने कार्यतालिका थियो। 

देशमा भूकम्पका कारण सयौँ नागरिकको ज्यान गएर शोकमग्न भएका बेला विदेश जान लागेको भन्दै आलोचना भएपछि पौडेलले भ्रमण स्थगित गरेका हुन्। 

पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति पौडेल आज बिहान सबा १० बजे भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका क्षेत्रमा जाने जानकारी दिए। 

राष्ट्रपति पौडेलले प्राकृतिक विपत्ति आइपरेका बेला देश छाड्न उपयुक्त नहुने निष्कर्ष निकालेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .