ad ad

ग्लोबल


यी भारतीय भूवैज्ञानिक प्रतिमाको हत्या आरोपमा पक्राउ परे भूविज्ञान विभागकै पूर्वचालक

यी भारतीय भूवैज्ञानिक प्रतिमाको हत्या आरोपमा पक्राउ परे भूविज्ञान विभागकै पूर्वचालक

वरिष्ठ भूवैज्ञानिक र भूविज्ञान विभागकी उपनिर्देशक प्रतिमा केएस


नेपालखबर
कात्तिक २१, २०८० मंगलबार ७:११, काठमाडौँ

भारत बेंगलुरु प्रहरीले वरिष्ठ भूवैज्ञानिक र भूविज्ञान विभागकी उपनिर्देशक प्रतिमा केएसको हत्या आरोपमा भूविज्ञान विभागकै पूर्व चालकलाई पक्राउ गरेको छ।

आइतबार बिहान प्रहरीले दोड्डाकलसन्द्र क्षेत्रको एक घरमा प्रतिमाको शव फेला पारेको थियो।

पूर्वचालक किरणलाई चामराजनगर जिल्लाको एमएम हिल्सबाट पक्राउ गरिएको छ।

शनिबार साँझ प्रतिमालाई सरकारी कारमा उनको घरमा छाडेपछि हत्या गरेको चालकले प्रहरीसमक्ष स्वीकार गरेका छन्। 

प्रहरीका अनुसार आरोपितले रिसले चक्कुले प्रतिमाको घाँटी काटेको स्वीकार गरेका छन्।

बेंगलुरुका प्रहरी आयुक्त बी दयानन्दले भने, ‘ती चालक उनी (प्रतिमा) सँग गत वर्षदेखि काम गरिरहेकी थिए। चालकलाई १० दिनअघि मात्र जागिरबाट निकालिएको थियो। अनुसन्धान जारी छ।’

एक वरिष्ठ अधिकारीले नाम नबताउने सर्तमा बीबीसी हिन्दीसँग भनेका छन्, ‘प्रतिमा कडा अफिसर थिइन् र उनले हालै आफ्ना कनिष्ठ अधिकारीहरूलाई छिमेकी राज्य तमिलनाडुबाट स्टोन जेलीको अवैध ढुवानी रोक्न निर्देशन दिएकी थिइन्।’

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .