ad ad

राजनीति


संसदलाई छलफल र बहसको जीवन्त थलो बनाउने सभामुखको प्रतिबद्धता

संसदलाई छलफल र बहसको जीवन्त थलो बनाउने सभामुखको प्रतिबद्धता

नेपालखबर
माघ १६, २०७६ बिहिबार ९:११,

सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई छलफल र बहसको जीवन्त थलो बनाउने प्रतिबद्धता जनाएका छन्।

उनले सदनमा सांसदहरुबीच जीवन्त छलफल गर्ने र सञ्चारमाध्यम मार्फत् पारदर्शीरुपमा सूचना प्रवाह गर्ने वातावरण बनाएर समग्रमा संसद्लाई एउटा जीवन्त थलो बनाउने बताए।

नवनिर्वाचित सभामुख सापकोटासँग संसदीय मामिलासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको अन्तरक्रियाका क्रममा बिहीबार उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

पछिल्लो समयमा संसदलाई सरकारको छायाँ बनाएको भन्ने आरोप लागिरहेको सन्दर्भमा सोधिएको जिज्ञासामा सापकोटाले सो कुरा बताएका हुन्।

उनले संसदको मुख्य कार्यभार लोकतन्त्रको विस्तार र सुदृढिकरण गर्नु भएको समेत बताए।

उनले संसदका समिति र सदनमा हुने कारवाही खुला र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .