ad ad

राजनीति


राष्ट्रपति कात्तिक २२ गते फ्रान्स जाने, तीन मन्त्री र अख्तियार प्रमुखको विदेश भ्रमण स्वीकृत

राष्ट्रपति कात्तिक २२ गते फ्रान्स जाने, तीन मन्त्री र अख्तियार प्रमुखको विदेश भ्रमण स्वीकृत

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १६:०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेल यही कात्तिक २२ गतेदेखि फ्रन्स, गणतन्त्र जर्मनी र इटालीको भ्रमणमा जाने भएका छन्।

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको विदेश भ्रमण स्वीकृत गरेको हो।

यस्तै, मन्त्रिपरिषदले दुई जना मन्त्री, एक राज्यमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको बेग्लाबेग्लै विदेश भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन त्यसतर्फ जान लागेका हुन्। त्यसपछि उनले संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्नेछन्। राष्ट्रपति मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने कार्यक्रम छ।

यस्तै, यूएईमा आयोजना हुने ‘दुबई एयर शो २०२३ को १८औँ संस्करण’ भाग लिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन मन्त्रिपरिषदले स्वीकृति दिने निर्णय गरेको छ।

यसैगरी चीनको सांघाईमा सञ्चालन हुने छैटौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिइएको छ।

यही कात्तिक २० देखि २१ सम्म चीनको छोङछिङमा सञ्चालन हुने ‘द बेल्ट एण्ड रोड कन्फिरेन्स अन साइनस एण्ड टेक्नोलोजी एक्सचेन्ज’ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डल सहभागी हुनेछ।

मन्त्रिपरिषद कार्यालका अनुसार मङसिर २५ देखि २९ सम्म अमेरिकाको एटलाण्टामा आयोजना हुने ‘संयुक्त राष्ट्रसंघ अन्तर्गत राज्यपक्षीय भ्रष्टाचारविरुद्धको दसौं सम्मेलन’ कार्यक्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राई नेतृत्वको प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति दिइएको छ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .