राजनीति


एमसीसी जति उदार अनुदान विरलै पाइन्छन: पूर्वअर्थमन्त्री महत

एमसीसी जति उदार अनुदान विरलै पाइन्छन: पूर्वअर्थमन्त्री महत

नेपालखबर
माघ १६, २०७६ बिहिबार ६:४८,

नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले अमेरिकासँग आर्थिक सहयोग लिने कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) निकै उदार आर्थिक सहयोग कार्यक्रम भएको र त्यसलाई गुमाउनु नेपालको राष्ट्रहित विपरित हुने भनी टिप्पणी गरेका छन्।

यस विषयमा गलत अर्थ लगाएर दुष्प्रचार र विरोध नगर्न उनको आह्वान छ।

‘एमसीसी सहयोग संझौताको संसदीय अनुमोदन अझै नगरिकन विवादमा अल्झिनु राष्ट्रहित विपरित हुनेछ,’ पटकपटक अर्थमन्त्री भइसकेका महतले सामाजिक सञ्जाल ट्विटरमा बिहीबार लेखेका छन्। ‘नेपालको पूर्बाधार बिकासका लागि यति उदार अनुदान बिरलै पाइन्छन।यस बिषयमा गलत अर्थ लगाएर दुश्प्रचार र बिरोध नगरौं१ भ्रममा परेकाहरूलाई सरकारले बास्तबिक तथ्यसहित आधिकारिक रूपमा स्पष्ट पार्नुपर्छ।’

एमसीसी सहयोगसँग अमेरिकाका सैन्य रणनीतिक स्वार्थ जोडिएको भनी सबैभन्दा बढि सत्तारुढ नेकपाभित्रै विवाद चर्किरहेका बेला पूर्व अर्थमन्त्री महतको यो टिप्पणी आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad