ad ad

राजनीति


संक्रमणकालीन न्याय टुंग्याउने विषयको छलफल सकारात्मक छ : सांसद पुन

संक्रमणकालीन न्याय टुंग्याउने विषयको छलफल सकारात्मक छ : सांसद पुन

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १४:३०, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित काम टुंग्याउन सबै राजनीतिक दल मिल्नुपर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

बोल्ने क्रममा उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष तहमा सकारात्मक छलफल भइरहेको पनि बताए।

अन्तर्राष्ट्रिय समर्थन रहने उद्घोष भएकाले सरकार पक्ष, प्रमुख प्रतिपक्ष, प्रतिपक्ष सबै एकै ठाउँमा आएको उनले बताए।

उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित काम पीडितमैत्री बनाई टुंग्याउनुपर्ने बताए।

सबै राजनीतिक दलले सहकार्य गरेर अघि बढे पीडितलाई न्याय दिएर संक्रमणकालीन न्याय टुंग्याउन सकिने पुनको निष्कर्ष छ।

यद्यपि विधेयक अहिले पनि समितिमै रहेकोले यसमा सत्ता पक्ष र सरकारले प्रयत्न गर्नुपर्ने पुनले बताए।

द्वन्द्वरत पार्टीहरू सँगै बसिसकेको, सँगै चुनाव लडिसकेको, पार्टी एकता गरिसकेको अवस्थामा अब यसलाई टुंग्याउनु नै सबैको हितमा हुने पुनको जोड छ।

‘द्वन्द्वरत पार्टी सबै बसेका छौँ, सबै सँगै चुनाव लडेका छौँ। पार्टी एकता पनि गरेका छौँ। तर पीडितहरूको आज पनि प्रश्न छ। सबै सँगै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ। यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन,’ पुनको कथन छ।

यसमा सबैले सहकार्य गरेर जानुपर्ने नेता पुनको मत छ। पुनले नेताहरूबीचमा भएका छलफलले पनि सकारात्मक सन्देश गएको बताएका छन्।

नेता पुनले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .