ad ad

राजनीति


प्रचण्डको आश्वासन : एकल दरमा बैंकको ब्याजदर

प्रचण्डको आश्वासन : एकल दरमा बैंकको ब्याजदर

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १७:३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसकेको टिप्पणी आउन थालेपछि बैंकको ब्याजदर घटाउने बताएका छन्।

उनले एकल दरमै बैंकको व्याजदर कायम गराउने आश्वासन दिएका हुन्।

नेपालमा अहिले अधिकांश वैंकहरूले दोहोरो अंकको ब्याजदर कायम गरेका छन्।

बुधबार आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश, विशेष प्रदेश र समन्वय प्रदेश समितिको बैठकलाई पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बैैैंकको ब्याजदर घटाएर जनतालाई राहत दिलाउने बताएका हुन्।

‘बैंकको ब्याज घटाउछु,’ बैठकमा प्रचण्डले राखेको धारणा उद्‌धृत गर्दै एक नेताले नेपालखबरसँग भने, ‘सके एकल अंकमा झारिन्छ नभए बढीमा १० मात्र कायम राख्ने निर्णय गराउँछु।’

प्रचण्डले पछिल्लो दिन जग्गा कित्ताकाटले राजस्व बढाएको बताए।

‘रेमिट्यान्स राम्रैसँग भित्रिएको छ, ११ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्जिती छ,’ प्रचण्डले भने, ‘तैपनि अर्थतन्त्र अझै लयमा आइसकेको छैन।’

उनले अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन विज्ञसहितको टोलीसँग छलफल गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .