ad ad

राजनीति


सर्वोच्चका न्यायाधीश सिन्हा पनि अवकासमा, कामु प्रधानन्यायाधीशले गरे बिदाई

सर्वोच्चका न्यायाधीश सिन्हा पनि अवकासमा, कामु प्रधानन्यायाधीशले गरे बिदाई

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १९:७, काठमाडौँ

सर्वोच्च अदालतका न्यायाधीश अनिल कुमार सिन्हा अनिवार्य अवकासमा गएका छन्।

६५ वर्षे उमेर हदका कारण कात्तिक १५ गतेदेखि अनिवार्य अवकासमा जाने सिन्हालाई मंगलबार सर्वोच्च अदालतमा एक कार्यक्रमकाबीच बिदाई गरिएको छ।

सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडाले सिन्हालाई सम्मानसहित बिदाई गरेका हुन्। न्यायाधीश सिन्हा वरिष्ठताक्रममा चौथो वरियतामा थिए।

सिन्हा २०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए। त्यसअघि उनी ४ वर्षदेखि वरिष्ठ अधिवक्ता थिए।

सिन्हा राजश्व र वाणिज्यका विषयमा विशेष दखल राख्छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .