ad ad

राजनीति


राष्ट्रसंघ महासचिवको सम्बोधनले नेपालको यथार्थ चित्रण गरेको छ : चित्रबहादुर केसी

राष्ट्रसंघ महासचिवको सम्बोधनले नेपालको यथार्थ चित्रण गरेको छ : चित्रबहादुर केसी

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १८:४४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदमा गरेको सम्बोधनले नेपालको अवस्थाको यथार्थ चित्रण गरेको बताएका छन्।

मंगलवार महासचिग गुटेरेसले सम्बोधन गरेलगत्तै उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन्। शान्ति प्रक्रियालाई छिटो टुंगोमा पुर्याउनुपर्ने कुरालाई महासचिव गुटेरेसले जोड दिएको उल्लेख गर्दै अध्यक्ष केसीले त्यसमा ढिलाई नगर्न राज्य पक्ष र तत्कालीन विद्रोही पक्षलाई आग्रह पनि गरे।

पीडितलाई थप पीडा दिने भएकाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने ढिलाई गर्नुहुन्न भन्ने पक्षमा आफ्नो पार्टी रहेको उनको भनाई थियो।

अध्यक्ष केसीले भने, ‘समय अनुकूल नेपालको अवस्थाको चित्रण गर्नुभएको छ। उहाँलाई धन्यवाद दिनुपर्छ। संयुक्त राष्ट्र संघ पनि यो शान्ति प्रक्रियालाई अल्झाएर राख्नुहुन्न। टुंग्याउनु पर्छ भन्ने पक्षमा छ। उहाँले यसलाई समाधान गर्नु पर्छ भन्नु भयो। समाधान गर्ने त जो दोषी हो, त्यसलाई कारबाही गर्ने हो। जो पीडित छ, उसलाई सहयोग गर्ने हो।’

उनले थपे, ‘यसरी यति लामो समयसम्म अल्झाएर राख्नुहुन्छ र। त्यसो हुनाले यो समस्या समाधान गर्नुपर्छ। हलो अड्काएर हुन्न, यसलाई सहज निकास दिनुपर्छ भन्ने हाम्रो भनाई हो। सो समस्या छिटो समाधान गर्नुपर्छ अल्झाएर राख्नु हुन्न। त्यसका लागि राज्य पक्ष र अर्को पक्ष जिम्मेवार हुनुपर्छ। पीडितलाई अझ पीडा दिनुहुन्न।’

अध्यक्ष केसीले दोषीलाई कारबाही गर्ने र पीडितलाई सहयोग गरेर मात्रै शान्ति प्रक्रियाको बाँकी काम पूरा हुने पनि दोहोर्याए। उनले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने धारणा समेत राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .