ad ad

राजनीति


‘राष्ट्रिय मर्यादासम्बन्धी अन्योलता विधेयकले अन्त्य गर्नेछ’

‘राष्ट्रिय मर्यादासम्बन्धी अन्योलता विधेयकले अन्त्य गर्नेछ’

राष्ट्रिय सभा बैठक : फाइल फोटो


नेपालखबर
कात्तिक १४, २०८० मंगलबार १९:१, काठमाडौँ

राष्ट्रिय सभा सदस्यहरूले राष्ट्रिय मर्यादासम्बन्धी अन्योल रहेका कुरालाई ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ ले अन्त्य गर्ने बताएका छन्।

मंगलवार ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ ले विगतका अन्योलताहरुलाई चिर्ने प्रयास गरेको बताए। उनले २०७९ साल चैत्र ५ गते दर्ता भएको यो विधेयक आज विधेयकको रुपमा समितिको प्रतिवेदनसहित छलफलमा आउनु सकारात्मक भएको बताए।

उनले भने, ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ ले विगतका अन्योलताहरुलाई चिर्ने प्रयास गरेको छ। हामीले यी अघि भनेका विषयहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अब स्पष्ट हुनेछ। सधैँ अब अन्योलतामा रहने छैनौँ। २०७९ साल चैत्र ५ गते दर्ता भएको यो विधेयक आज विधेयकको रुपमा समितिको प्रतिवेदनसहित छलफलमा उपस्थित भएका छौँ। नेकपा एमालेको तर्फबाट पनि यो विधेयकप्रति पूर्ण समर्थन छ।’

राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की, अछामीले राष्ट्रिय सभामा उत्पन्न भएको राष्ट्रिय महत्वका सबै क्षेत्र र राष्ट्रिय झण्डा र राष्ट्रिय गानसमेत सबैलाई व्यवस्थित गर्नको निम्ति बनाइएको बताए।

उनले भने, ‘राष्ट्रिय सभामा उत्पन्न भएको यो विधेयक राष्ट्रिय महत्वका सबै क्षेत्र र राष्ट्रिय झण्डा र राष्ट्रिय गानसमेत सबैलाई व्यवस्थित गर्नको निम्ति बनाइएको र भइसकेपछि अब नेपाल सरकारलाई पनि सहज हुने विश्वास छ।’

छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ ले राष्ट्रिय सभाको पनि गरिमा बोकेको बताइन्। उनले तहगत संरचनामा कतिपय स्थानमा देखिएका अन्योलतालाई यसले समाधान गर्ने बताइन्।

उनले भनिन्, ‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ ले राष्ट्रिय सभाको पनि गरिमा बोकेको छ। यो राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक एउटा राष्ट्रिय सभाबाट पास हुनेछ। प्रतिनिधि सभाले पनि स्वामित्व ग्रहण गर्नुपर्छ र सरकारको दस्ताबेज बन्नेछ। हामीले गहन रुपमा यसलाई लिएका छौँ। तहगत संरचनामा कतिपय स्थानमा यसले अन्योलता सिर्जना गरेको थियो। त्यसले यो अन्योलताको अन्त्य गर्न आवश्यक हुनेछ।’

छलफलमा भाग लिँदै राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले विगतमा राष्ट्रिय मर्यादासम्बन्धी कुराहरु अन्योलमा रहेको र यो विधेयकबाट अन्योलताको अन्त्य हुने विश्वास व्यक्त गरे।

उनले भने, ‘विगतमा राष्ट्रिय मर्यादासम्बन्धी कुराहरु अन्योलमा थिए। त्यसलाई अन्त्य गर्नुपर्ने थियो। यसले अन्त्य गर्नेछ। यो विषय ठिक समयमा परिमार्जन भएको छ।’

सदस्य विश्वकर्माले बाँकी रहेका समस्यालाई पुनः परिमार्जन गर्न सकिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .