ad ad

राजनीति


विपिन जोशीसहित इजरायलमा बेपत्ता नागरिकको सुरक्षाको लागि परराष्ट्र मन्त्रालयको आग्रह

विपिन जोशीसहित इजरायलमा बेपत्ता नागरिकको सुरक्षाको लागि परराष्ट्र मन्त्रालयको आग्रह

विपिन जाेशी


नेपालखबर
कात्तिक ११, २०८० शनिबार ७:२९, काठमाडौँ

परराष्ट्र मन्त्रालयले इजरायलमा बेपत्ता भएका विपिन जोशीसहितका निर्दोष नागरिकको सुरक्षाका लागि आह्वान गरेको छ। 

मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति मार्फत् इजरायलमा आक्रमणपछि हमास समूहले बन्धक बनाएको आशंका गरिएका विपिन जोशी र अन्य निर्दोष बेपत्ता नागरिकको सुरक्षाको लागि आह्वान गरेको छ।

हमासले इजराइलमा आक्रमण गरेको पहिलो दिन अक्टोबर ७ देखि कञ्चनपुरको भीमदत्त नगरपालिका– ३ भाँसीका विपिन बेपत्ता छन्।जोशीको अवस्था अझै अज्ञात छ। 

गाजामा दुईजना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

मन्त्रालयले बेपत्ता नेपालीहरुको रिहाइको लागि कतार राज्य र संलग्न अन्यको कूटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ।

हेर्नुहाेस् विज्ञप्ति

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .