नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन्।
भक्तपुरको ल्यासिंखेलमा सुरु भएको दुई दिने ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा बोल्दै उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकोले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताएका हुन्।
बिजुक्छेले भने, ‘पूर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन।’
कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्व न्यायाधीश गौरीबहादुर कार्की, ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद कायष्थ, सम्मानित कार्टुनिष्ट मोहनश्याम खोकना, शिक्षाकर्मी मानन्धर, इञ्जिनीयर श्रेष्ठ, जनगायक श्रेष्ठलगायतले भाषाको महत्वबारे चर्चा गर्दै भाषाले नै इतिहास र पहिचान बोक्ने बताएका थिए।
कार्यक्रममा साहित्यिक कार्यक्रममा साहित्यकारबाट कथा, कविता, निबन्ध र गीतहरू प्रस्तुत गरेका थिए भने एकाङ्की, नाटक, प्रहसन, नृत्यलगायत प्रतिस्पर्धात्मक साँस्कृतिक विधाहरू प्रस्तुत गरिएको थियो। रासस
Shares

प्रतिक्रिया