सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कानुन तर्जुमा गर्दा आधार लिने गरी मापदण्ड, कार्यविधि वा निर्देशिका बनाउने सम्बन्धमा सुझाव दिन समिति गठन गरेको छ।
मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीको संयोजकत्वमा, सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपाल (सदस्य), उपसचिव विशाल सापकोटा (सदस्य सचिव), राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धमेन्द्र झा (सदस्य) र विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाइँ (सदस्य) रहने गरी शुक्रबार समिति गठन गरिएको हो।
समितिको पहिलो बैठक यही कात्तिक १३ गते बस्ने भएको छ।
त्यसैगरी पत्रकार महासङ्घ र पत्रकारितासँग सम्बन्धित पदाधिकारीसँग छलफल तथा अन्तक्रिया गर्ने र तीन महिनाभित्रमा मन्त्रालय समक्ष प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ। रासस
Shares
प्रतिक्रिया