राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समितिको बैठक शुक्रबार देखि काठमाडौंमा बस्ने भएको छ। पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बसेको राप्रपाले जनाएको छ।
बैठकले अध्यक्ष थापाद्वारा प्रस्तुत समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धी ६ पृष्ठ लामो प्रतिवेदन अनुमोदन गरेको छ। सो प्रतिवेदन माघ १७ गतेदेखि बस्ने केन्द्रीय कार्य समितिको पूर्ण बैठकमा पेश गरिनेछ।
बैठकमा महामन्त्री भास्कर भद्राद्वारा सचिवालय र आगामी कार्यक्रम सम्बन्धी प्रतिवेदन र सहायक कोषाध्यक्ष निना भेटवालद्धारा आर्थिक प्रतिवेदन पेश भएको छ। उक्त प्रतिवेदनहरु पनि केन्द्रीय समितिको बैठकमा पेश हुनेछ।
केन्द्रीय महाधिवेशन पार्टीको आगामी मुख्य कार्यक्रम हुने राप्रपाले जनाएको छ।

प्रतिक्रिया