राजनीति


ब्यानरमा अध्यक्षद्वयको फोटो देखेपछि सदस्यहरुले भने, ‘राजावादी शैली’

ब्यानरमा अध्यक्षद्वयको फोटो देखेपछि सदस्यहरुले भने, ‘राजावादी शैली’

नेपालखबर
माघ १५, २०७६ बुधबार १३:९,

नेकपाका केन्द्रीय सदस्यहरुले उद्घाटन कार्यक्रमको ब्यानरमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको फोटो राखेकोप्रति आपत्ति जनाएका छन्।

बुधबारबाट शुरु भएको केन्द्रीय समिति बैठकमा उनीहरुले नेतृत्वमा सामन्तवादी प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति आपत्ति जनाएका थिए।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले बैठकमा अध्यक्षलाई ‘फोटो राखेर तपाईलाई बडा मज्जा र रमाइलो लागिरहेको होला होइन? गजब्ब पनि लागिरहेको छ होला नी?’ भन्दै प्रश्न गरेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरुले माक्र्स, एङगेल्सको फोटो हटाएर अध्यक्षहरुको फोटो राखिएकोमा आपत्ति जनाएका हुन्।

बैठकमा अर्का केन्द्रीय सदस्य राजेन्द्र राईले अध्यक्षहरुमा राजावादी प्रवृत्ति देखिएको भन्दै अध्यक्षहरुको फोटो झिक्नुपर्ने बताएका थिए।

‘यो फोटो राख्ने सामान्तवादी प्रवृत्ति हो। राजावादी प्रवृत्ति भयो। यो फोटो निकाल्नुहोस्’ उनले बैठकमा भने। ‘यसपटक सक्नुहुन्न भने, अर्को पटक नराख्नुहोला।’

केन्द्रीय समितिका बैठकसम्बन्धी ब्यानरमा मदन भण्डारी, पुष्पलाल श्रेष्ठ र दुई छेउमा अध्यक्ष ओली र दाहालको फोटो राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad