ad ad

राजनीति


नेपाली सेनाको परम्पराविपरीत हुने कुरा कल्पना पनि गर्न सक्तिनँ : उपप्रधानमन्त्री खड्का

नेपाली सेनाको परम्पराविपरीत हुने कुरा कल्पना पनि गर्न सक्तिनँ : उपप्रधानमन्त्री खड्का

नेपालखबर
असोज २८, २०८० आइतबार ९:४९, काठमाडौँ

रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको भावी प्रधान सेनापतिको नाममा आफ्नोसमेत नाम जोडेर केही सञ्चार माध्यममा समाचार आएको भन्दै चासो व्यक्त गरेका छन्। 

उपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता खड्काले सेनाको भावी सेनापतिको नाममा आएका समाचार भ्रामक र असत्य भएकोसमेत बताएका छन्। 

‘नेपाली सेनाको भावि प्रधान सेनापतिको नाममा मेरो नाम समेत जोडेर केहि संचार माध्यममा लेखिएका कुरा भ्रामक र असत्य भएको कुरा प्रष्ठ पार्न चाहान्छु,’ खड्काले आइतबार ट्वीट गर्दै भनेका छन्, ‘सैनिक ऐन, नियम र नेपाली सेनाको स्थापित परम्पराको बिपरित गर्ने र हुन दिने कुरा म कल्पना पनि गर्न सक्तिन, म यसप्रति पूर्णप्रतिबद्ध छु।’

सरकारले नेपाली सेनाका सहायक रथी यामबहादुर अधिकारी ‘प्रतीक्षा’को म्याद तीन वर्षको लागि थप गरेपछि कांग्रेसका केही नेता असन्तुष्ट बनेका छन्।

नेता शेखर कोइरालाले पनि आज सामाजिक सञ्जालमार्फत् सरकारी निर्णयप्रति असन्तुष्टि जनाएका छन्। 

यहि असोज १ गतेबाट सेवा अवधि सकिएका अधिकारीको म्याद सरकारले तीन वर्षको लागि थप गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .