ad ad

राजनीति


जर्नेल अधिकारीको पदावधि थपप्रति कांग्रेस नेता कोइरालाको असन्तुष्टि

जर्नेल अधिकारीको पदावधि थपप्रति कांग्रेस नेता कोइरालाको असन्तुष्टि

नेपालखबर
असोज २८, २०८० आइतबार ९:८, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाली सेनाको सांगठानिक नियम परिवर्तन गरेर माओवादीका पूर्व लडाकुसमेत रहेका सहायक रथी यामबहादुर अधिकारी ‘प्रतीक्षा’को म्याद थपिएकोमा असन्तुष्टि जनाएका छन्। 

नेता कोइरालाले सामाजिक सञ्जालमार्फत् यस्तो असन्तुष्टि जनाएका हुन्। 

नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिबाट अलग रहेको संस्थामा माओवादीको पूर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल भएकोसमेत उनले आरोप लगाएका छन्। 

सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने भन्दै कोइरालाले यस्तो निर्णय आफूहरुलाई मान्य नभएको पनि बताएका छन्। 

‘नेपाली सेनाजस्तो राष्ट्रिय सुरक्षासँग जोडिएको र सधैं राजनीतिवाट अलग रहेको संस्थामा माओवादीको पुर्व लडाकुका लागि नियमको दुरुपयोग गर्ने चलखेल स्वीकार्य छैन,’ आइतबार बिहान उनले ट्वीट गर्दै भनेका छन्, ‘सेनामा गरिने राजनीतिक चलखेलले दुर्घटना निम्त्याउने हुँदा यस्तो कार्य नगरौं। सम्बन्धित निकायहरुलाई यो कुराको हेक्का होस्।’

यहि असोज १ गतेबाट अवकासमा जानुपर्ने अधिकारीको म्याद सरकारले केही समयअघि थप गरेको थियो। 

यसअघि कांग्रेस केन्द्रीय समिति बैठकमा पनि नेता जीतजंग बस्नेतले अवकाशमा गइसकेका अधिकारीको म्याद थप गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि सेनामा खेल्न खोजेको आरोप लगाएका थिए।  

२०७६ मै चार वर्ष म्याद थपिएका अधिकारीको सेवा अवधि सरकारले फेरि असोज १ गतेबाट तीन वर्षको लागि थप गरेपछि सत्ता साझेदार दल काग्रेसका केही नेता असन्तुष्ट देखिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .