ad ad

राजनीति


प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

प्रधानसेनापति शर्मा बेलायत प्रस्थान

नेपालखबर
असोज २१, २०८० आइतबार १२:४६, काठमाडौँ

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा बेलायत प्रस्थान गरेका छन्। बेलायतका चिफ अफ द जनरल स्टाफ प्याट्रिक स्यान्डर्सको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आइतबार प्रस्थान गरेका हुन्।

बेलायतमा रहँदा प्रधानसेनापतिले वेल्स, ब्रेकनस्थित स्यानिब्रिज टे«निङ क्याम्पको भ्रमण गर्नेछन्। साथै त्यहाँ सञ्चालन भइरहेको क्यामब्रिन पट्रोलमा सहभागी नेपाली सेनाको टोलीसँग भेट गर्नेछन्।

भ्रमणका क्रममा प्रधानसेनापति शर्माले बेलायती समकक्षी स्यान्डर्ससँग शिष्टाचार भेटघाट गर्नेछन्।

बेलायती सेनाको ल्यान्ड वारफेर विभागका निर्देशक रोयल कलेज अफ डिफेन्स स्टडिज र रोयल मिलिट्रि एकेडेमी स्यान्ड्रस्टका कमाण्डरहरुसँग भेटघाट तथा ब्रिगेड अफ गोर्खाजको समेत भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापतिको टोलीमा उनका स्टाफ अधिकृतहरु र सैनिक तालिम महानिर्देशनालयका उपरथी सन्तोष कुमार ढकाल सहभागी छन्। प्रधानसेनापति शर्माको अनुपस्थितिमा बलाधिकृत रथी सरोज प्रताप राणाले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्।

बेलायत भ्रमणपश्चात प्रधानसेनापति शर्मा असोज २७ गते स्वदेश फर्किनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .