राजनीति


लिङ्देनको प्रस्ताव– देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अघि नै नयाँ सम्झौता गरौं

लिङ्देनको प्रस्ताव– देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अघि नै नयाँ सम्झौता गरौं

नेपालखबर
असोज २०, २०८० शनिबार १८:५०, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले संघीयता देशको लागि आवश्यक नभएको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयतालाई अब घिसारेर लैजान नसकिने भन्दै रक्तपात बिना र दबाब बिना सल्लाह गरेर राजतन्त्र पुनःस्थापना गर्न राजनीतिक दलहरूसँग आग्रह गरे।

‘यो अभ्यासको डेढ दशक भन्दा बेसी समयले बतायो, संघीयता देशको लागि आवश्यक चिज होइन  अब यही चिजलाई घिसारेर लैजान सकिँदैन भन्नेकुरा तपाईंहरूलाई पनि थाहा छ। त्यसकारण रक्तपातबिना, दबाब बिना, तपाईहरुले भाग्नुपर्ने परिस्थिति नआइकनै सल्लाह गरेर मिलाउँ। र बाटो फेराँै। र नयाँ सहमति बनाऔँ,’ उनले भने, ‘आज पनि भन्न चाहन्छु, यदी यो दलहरूमा अलिकति मात्रै पनि बुद्धि बाँकी छ, देशप्रति प्रेम अलिकति मात्रै पनि छ भने अब नयाँ सम्झौतामा जानुपर्छ। नयाँ व्यवस्थामा जानुपर्छ। देशलाई दुर्घटनामा जान दिनु हुँदैन।’

उनले नयाँ सहमति नगरे र दलहरु नसच्चिए अब जनदबाबको आँधीबेरीको तयारी गर्ने खायित्व राप्रपाको भएको पनि बताए। राजनीतिक दलका नेताहरुलाई देशबाट भाग्नुपर्ने स्थिति आउनुभन्दा अगाडि सच्चिन चेतावनी दिँदै उनले राप्रपा पार्टीले अब देशको नेतृत्व नगरेसम्म देशभित्रै गरिखाने वातावरण सिर्जना नहुने दाबी गरे।

उनले दसैं तिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्नेगरी अघि बढ्न दलका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए।

‘होइन, दलहरु सच्चिँदैनन् र उनीहरु नयाँ सम्झौताको लागि तयार हुँदैनन् भने अब जनदबाबको आँधीबेरीको तयारी गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीको हुन्छ, तपाई हाम्रो हुन्छ। देशको यो अवस्थामा हामी मुक दर्शक भएर बस्न सक्दैनौँ। राप्रपा अब यो देशको नागरिकको सुरक्षाका लागि देशको पहिचानको रक्षाका लागि सर्वाङ्गिण रुपमा भन्ने हो भने निजी क्षेत्रको सुक्षाको लागि, देशको अर्थतन्त्र सुधारमा होस्, वा हाम्रो जीवनकालमै दशमै गरिखाने वातावरण बनाउन होस्,’ लिङ्देनले भने, ‘राप्रपा पार्टीले अब नेतृत्व गर्छ। संगठन बनाउँदै जाने र दशैँ तिहार सकिएपछि आन्दोलनको आँधीबेरी सिर्जना गर्नेगरी अघि बढ्छौँ। चुप लागेर बस्ने छुट र सुविधा छैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad