ad ad

राजनीति


भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई संसदीय समितिले बोलायो

भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालालाई संसदीय समितिले बोलायो

नेपालखबर
असोज १५, २०८० सोमबार १६:४३, काठमाडौँ

संघीय संसद्, प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई बोलाएको छ।

दसैं, तिहारजस्ता चाडपर्वलाई लक्षित गर्दै यातायातको व्यवस्थापनबारे सचेत गराउने उद्देश्यका साथ असोज १७ गते बुधवार बस्ने समितिको बैठकमा मन्त्री ज्वालासहितका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पदाधिकारीलाई बोलाउने निर्णय गरेको हो।

दशैँ, तिहारजस्ता चाडपर्वमा काठमाडौं उपत्यकाबाट घर जाने सबैलाई यातायातको उचित व्यवस्था गर्न र बाढी, पहिरोले तहसनहस बनाएका सबै सडकहरु पुनर्निर्माणको काम छिटो सम्पन्न गर्नका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँगै छलफल गर्ने निर्णय गरिएको समितिका सभापति दीपकबहादुर सिंहले बताए।

‘१७ गते हाम्रो समितिको बैठक बिहान ११ बजे पनि गर्ने भएको छ। त्यसमा पूर्वाधार मन्त्रालयका मन्त्रीज्युलगायतलाई पनि यहाँ समितिमा उपस्थित हुन अनुरोध गर्दछु। त्यो जानकारी सचिवालयबाट मन्त्रालयमा जानेनै छ,’ सिंहले भने, ‘अहिले दसैं, तिहार, छठ पर्व भएको हुनाले यताबाट जाने राजमार्गहरु पहिरोले तहसनहस भएको छ। त्यसलाई चाँडो बनाउनका लागि र उपत्यकाबाट बाहिरी जिल्लाहरुमा लाखौंको संख्यामा जनताहरू आफ्नो घरघर जाने भएकाले त्यसको जने व्यवस्था, बसको टिकट, बस व्यवस्थापनका लागि अनुरोध गर्न सो मन्त्रीज्युलाईपनि बोलाउन लागिएको हो।’

समितिको बैठक असोज १७ गते बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा मन्त्री ज्वाला समक्ष समितिका सदस्यहरूले दसैं, तिहारजस्ता चाडपर्वमा घर जाने यात्रुहरूका लागि आवश्यक यातायातको व्यवस्था गर्ने सम्बन्धमा ध्यानाकर्षण गराउने पनि सो समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .