ad ad

राजनीति


गम्भीर अपराधका दोषी रिगललाई आममाफी, रास्वपाको टोली पुग्यो राष्ट्रपति भेट्न

गम्भीर अपराधका दोषी रिगललाई आममाफी, रास्वपाको टोली पुग्यो राष्ट्रपति भेट्न

फाइल तस्बिर


नेपालखबर
असोज १५, २०८० सोमबार ११:३६, काठमाडौँ

कर्तव्य ज्यानसम्बन्धी घटनामा दोषी ठहर भएर सर्वस्वसहित जेल सजाय भोगिरहेका नेपालगञ्जका गुन्डा नाइके योग ढकाल (रिगल) लाई गत असोज ३ गते परेको संविधान दिवसको अवसरमा माफी दिइएको विरोधमा ध्यानाकर्षण पत्र लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको टोली शीतल निवास पुगेको छ।

नेपालगञ्जकै चेतन मानन्धरलाई दिनदहाडै खुँडा हानेर हत्या गरेपछि जिल्ला अदालत बाँकेको आदेशमा सर्वस्वससहित जेल सजाय पाएका ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा बाँकी सजाय माफी मिनाहासहित रिहा गर्न निर्देशन दिएका थिए। 

उक्त प्रकरणमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितका नेताहरू सोमबार राष्ट्रपति कार्यालय पुगेका हुन्। 

दिनदहाडै मानन्धरको हत्या गरेको कसुरमा जन्मकैदको सजाय काटिरहेका व्यक्तिलाई उन्मुक्ति दिएको विषयमा ध्यानाकर्षण गराउन उनीहरु राष्ट्रपति कार्यालय पुगेका हुन्। 

शीतल निवसामा सभापति लामिछानेसहित महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य प्रतिभा रावललसहितका नेताहरू पुगेका हुन्। 

व्यक्ति हत्याजस्तो गम्भीर प्रकृतिको सजाय काटिरहेका व्यक्तिलाई संविधान दिवसमा उन्मुक्ति दिने परिपार्टी अन्त्यका लागि रास्वपाले संसद्मा संकल्प प्रस्ताव पनि दर्ता गर्ने भएको छ।

मानन्धरको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका ‘रिगल’ भनिने योगराजलाई संविधान दिवसमा राष्ट्रपति पौडेलले माफी दिएका थिए। 

ढकाललाई माफी सिफारिसका लागि नेपाली कांग्रेसका नेताहरुले कारागार व्यवस्था विभागमा समेत दबाब दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .