राजनीति


विधेयकहरुलाई प्राथमिकताका आधारमा अघि बढाइनेछः सभामुख सापकोटा

विधेयकहरुलाई प्राथमिकताका आधारमा अघि बढाइनेछः सभामुख सापकोटा

नेपालखबर
माघ १३, २०७६ सोमबार ८:१३,

नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले संसदमा छलफलमा रहेको विधेयकहरुको प्राथमिकताका आधारमा अघि बढाइने बताएका छन्।

सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दे सभामुख सापकोटाले थुप्रै विधेयकहरु संसदमा छलफलकै क्रममा रहेकाले त्यसमा प्राथमिकता किटान गरेर अघि बढाउन आफूले काम थाल्ने बताए।

‘केही विधेयकका बारेमा अध्ययन गरेर मात्रै बोल्न सक्ने अवस्था छ,’ सापकोटाले भने, ‘कतिपय विधेयकका लागि दलीय सहमति आवश्यक रहेकाले सहमति जुटाएर अघि बढाइनेछ।’

आइतबार निर्विराेध सभामुख निर्वाचित भएका सापकाेटाले साेमबार  पदभार ग्रहण गरेका हुन्।

agni office111

agni office222 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad