समाज


कोरोनाविरुद्धको अभियान नेतृत्व गर्दै चिनियाँ प्रधानमन्त्री लि खछ्याङ वुहान शहरमा

कोरोनाविरुद्धको अभियान नेतृत्व गर्दै चिनियाँ प्रधानमन्त्री लि खछ्याङ वुहान शहरमा

नेपालखबर
माघ १३, २०७६ सोमबार ८:८,

यस भाइरसले चीनमा ८० जनाको ज्यान लिइसकेको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार दिएको जानकारी अनुसार चीनमा करिब ३ हजार व्यक्तिहरु यस भाइरसबाट संक्रमित भएका छन्।

कोरोनाले त्रासको अवस्था निम्त्याइरहँदा चिनियाँ प्रधानमन्त्री वुहान शहर पुगेका छन्। साउथ चाइना मर्निङ पोस्टका अनुसार कोराना भाइरसविरुद्ध अभियान नेतृत्व गर्दै प्रधानमन्त्री लि खछ्याङ सोमबार हुबेई प्रान्तको कोरोना संक्रमित वुहान शहर पुगेका छन्।

लि खछ्याङले कोरोना पीडित तथा कोरोना नियन्त्रणमा खटिरहेका चिकित्सकहरुलाई भेट्नेछन्। लि खछ्याङ विज्ञहरुको टोलीसहित वुहान प्रवेश गरेका हुन्।

उनको टोलीले कोरोना भाइरसमा खटिरहेका चिकित्सक तथा वैज्ञानिकलाई सहायता प्रदान गर्नेछ।

वुहानस्थित जिनयिनतान अस्पतालमा प्रधानमन्त्री लिले चिकित्सकहरुलाई भने,‘तपाइँहरु भाइरस पीडित बचाउनु अरसम्भव प्रयास गरिरहनु भएको छ। तपाइँले पीडितसँगै आफ्नो पनि ख्याल गर्नु पर्दछ।’

यो भाइरस हाल विश्वका १३ देशमा पनि देखिएका छन्। सीएनएनका अनुसार चीनबाहेक अन्य देशमा ४६ जनामा कोरोना भाइरस देखिएको छ।

कोरोना भाइरस निमोनियाजस्तै भएको बताइएको छ। यस भाइरस शरीरमा प्रवेश गरेपछि सास फेर्न गाह्रो हुन्छ। चिकित्सकहरुले साबुन पानीले हात धुन, मास्क लगाएर हिँड्न तथा मासुजन्य पदार्थ प्रयोग नगर्न सुझाव दिएका छन्।

कोरोनाभाइरस के हो?

कोरोनाभाइरस रुघाखोकी लगाउने भाइरसहरूको एउटा सदस्य हो।

अहिले फैलिएको यो भाइरस पहिला देखिएको थिएन। त्यसैले यो नयाँ भाइरसलाई द्दण्ज्ञढ(लऋयख नामकरण गरिएकको छ।

अन्य पशुपक्षीबाट सरेपछि नयाँ भाइरसहरू मानिसमा सामान्य बन्छन्।

चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वासप्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो।

यो नयाँ भाइरसले पनि श्वासप्रश्वास प्रणालीमा गम्भीर खालको सङ्क्रमण गराउँछ।

ज्वरो आउनु, त्यसपछि सुक्खा खोकी लाग्नु र केही हप्तापछि सास फेर्न गाह्रो हुनु यो रोगका लक्षण हुन्। सङ्क्रमण भएका केही बिरामीलाई अस्पताल लगेर उपचार गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ।

यो रोगको छुट्टै औषधि वा खोप छैन।

कोरोनाभाइरसको सङ्क्रमण भएका एकचौथाइ मानिसलाई मात्रै गम्भीर समस्या हुने बताइन्छ। मृत्यु हुनेमा अधिकांश वृद्धावस्थाका वा स्वास्थ्यसम्बन्धी अन्य समस्या भएका व्यक्ति छन्।

चिनियाँ अधिकारीहरूले वन्यजीवनको अवैध कारोबार गर्ने समुद्री खाद्यपदार्थको एउटा बजारबाट उक्त भाइरस फैलिएको आशङ्का व्यक्त गरेका छन्।

भाइरस नियन्त्रणबारे के भन्छन् वैज्ञानिक?

यूकेस्थित एमआरसी सेन्टर फोर ग्लोबल इन्फेक्शस डिजीज अन्यालसिसमा कार्यरत वैज्ञानिकहरूले चीनले यो भाइरस नियन्त्रण गर्न नसक्ने सम्भावना भएको चेतावनी दिएका छन्।

उनीहरूका अनुसार अहिले फैलिएको महामारीको रूप हेर्दा कोरोनाभाइरस मानवबाट मानवमा सरेको हुन सक्छ।

प्रत्येक सङ्क्रमित व्यक्तिले सालाखाला २।५ जनालाई कोरोनाभाइरस सारिरहेको उनीहरूको आकलन छ।

उक्त संस्थाले भाइरस नियन्त्रण गर्ने चीन सरकारको प्रयासको प्रशंसा गरेको छ। तर उसका अनुसार महामारी नियन्त्रण गर्न भाइरसको प्रसारण ६० प्रतिशतले घटाउन सक्नुपर्छ।

त्यसो गर्न ठूलो चुनौती भएको उनीहरूको धारणा छ। किनभने त्यसका लागि सामान्य लक्षण भएका बिरामी फेला पार्नु र तिनलाई छुट्याएर अलग्गै राख्नुपर्ने हुन्छ।

ल्याङ्कस्टर यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूको एउटा टोलीले कोरोनाभाइरसबाट ११,००० व्यक्ति प्रभावित भएको आकलन गरेका छन्।

यदि सही हो भने यो सङ्ख्या सार्सको भन्दा बढी हुन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad