ad ad

राजनीति


कांग्रेस संखुवासभा सभापति दीपक खड्काले राजीनामा दिए

कांग्रेस संखुवासभा सभापति दीपक खड्काले राजीनामा दिए

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार १५:५७, काठमाडौँ

नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवसभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिएका छन्।

कांग्रेसको चौधौँ महाधिवेशनअन्तर्गत जिल्ला सभापतिमा निर्वाचित खड्काले बिहीबार पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका हुन्। 

गत मंसिरको चुनावमा नेकपा एमालेका नेता राजेन्द्र गौतमलाई हराउँदै प्रतिनिधिसभामा पनि विजयी खड्काले व्यस्तताका कारण पार्टीको जिल्ला नेतृत्व चलाउन नसक्ने जनाएका हुन्। 

उनले आफू प्रतिनिधिसभाको पनि सदस्य भएकाले जिल्ला सभापतिका रुपमा काम गर्न नसक्ने जनाएका छन्। प्रतिनिधिसभामा व्यस्त हुनुपर्दा जिल्लाको पार्टी अभियानमा सहभागी हुन मुस्किल भएपछि सभापति पद त्याग्नुपरेको उनले जनाएका छन्। 

‘...पार्टी संगठनलाई थप सुदृढ गर्न सके हालको उपलब्धि संस्थागत गर्दै नेता तथा कार्यकर्तालाई समेत संरक्षण गर्न सकिन्छ भन्ने मलाई लागेको छ’, उनले भनेका छन्, ‘त्यसका लागि दुरदराजका ग्रामीण इलाकासम्म कांग्रेसको चारतारे झण्डा फहराउँदै संगठन विस्तार एवम् जनचाहनाअनुरुपका कामहरु गर्नुपर्ने हुन्छ। तर म हाल प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुन काठमाडौंमा धेरै समय बिताउनु पर्ने हुँदा जिल्ला सभापति पदमा रहेर काम गर्न नसक्ने भएको छु।’

उनले पार्टी संगठन सुदृढ गर्न सहज होस् भन्ने चाहनाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सभापति पदबाट राजीनामा दिने निर्णय गरेको बताएका छन्। 

‘अतः मेरो राजिनामा स्वीकृत गरी विधान बमोजिम जिल्लाका अन्य साथीहरुबट सभापति चयन गरी पार्टी संगठन सुद्रिणीकरणमा परिचालन गर्नु वफादार सिपाहीकोरुपमा निरन्तर पार्टी र जनताको काममा कृयाशील रहने प्रतिबद्धता समेत व्यक्त गर्दछु’, उनले भनेका छन्, ‘म जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापति लाई सहयोग गर्दै पार्टीलाई अघि बढाउन तयार छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .