नेपाली कांग्रेसका नेता तथा सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् भागबण्डा परिषद्को रुपमा विकसित भएको टिप्पणी गरेका छन्।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै अध्यक्ष लिङदेनले यस्तो टिप्पणाी गरेका हुन्। उनले संवैधानिक परिषद्लाई सरकार र सत्तामा हुनुहरूले छायामा राख्ने काम भइरहेको बताए।
‘बेरुजु कम गर्ने समाधानको पक्ष के हो। पछिल्लो समयको मुख्य समस्या एकपछि अर्को गर्दै बेरुजु वृद्धि हुँदै गएको छ। संवैधानिक परिषद्ले जसरी काम गरिरहेको छ। त्यो संवैधानिक परिषद् नै जसरी भागबण्डा परिषद्को रुपमा विकसित भएको छ,’ उनले भने, ‘त्यसलाई पूर्ण नसक्ने हो भने हाम्रो संवैधानिक संस्था जसरी दल वा सत्तामा बसेकाहरुको निरिह र छायाँ बनाउने कोशिष गरिएको छ त्यो निरन्तरता रहन्छ। निरन्तरताको फलस्वरुप हाम्रा स्वतन्त्र संवैधानिक संस्थाहरू छन्।’
उनले मागबण्डा परिषद्को रुपमा विकसित भएको संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरुले छाया बनाउन नसक्ने बताउन आवश्यक रहेको पनि बताए। नेता केसीले राजनीतिक पार्टी र सत्तामा बसेकाहरुले छायाँमा राख्दा स्वतन्त्र संवैधानिक निकायहरु अझ निरीह हुनसक्ने बताए।
उनले महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुज कम गर्ने विषयमा कडाई गर्नुपर्ने बताए। उनले महालेखानियन्त्रक कार्यालयले रकम निकासामा कडाई गर्दा पनि बेरुजु कम हुनसक्ने अवस्था रहेको पनि बताए।
‘ती झन निरीह हुनसक्ने सम्भावना छ। महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको के छ ब्यालेन्स। कतिपय कुराहरु महालेखानियन्त्रक कार्यालयले नसक्दा पनि बेरुजु बढी आउनेगर्छ,’ उनले भने, ‘महालेखानियन्त्रक कार्यालयले रकम निकाशामा कडाई गर्दा पनि बेरुजु कम हुनसक्छ। महालेखानियन्त्रक कार्यालयले रकम निकासामा कति कडाई गर्नसक्छ भन्ने ुरामा पनि खाल गर्नुपर्छ।’
उनले महालेखानियन्त्रक कार्यालयले रकम निकाशामा नियन्त्रण गर्नसक्ने रुपमा काम गर्न आवश्यक रहेको बताए।
Shares

प्रतिक्रिया