कारोबार


सुजुकीको चाडपर्व अफर : ‘बाँडौं खुसी, चढौं सुजुकी’

सुजुकीको चाडपर्व अफर : ‘बाँडौं खुसी, चढौं सुजुकी’

नेपालखबर
असोज ९, २०८० मंगलबार १६:११, काठमाडौँ

सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालको लागि आधिकारीक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाइल्स प्रालिले चाडपर्व अफर ल्याएको छ।

कम्पनीले आफ्नो मोटरसाइकल तथा स्कुटरको खरिदमा दशैं, तिहार तथा छठ पर्वको उपलक्ष्यमा ‘बाँडौं खुसी चढौं सुजुकी’ स्किम ल्याएको छ।

यस चाडमा सुजुकीले ल्याएको ‘बाँडौं खुसी चढौं सुजुकी’ स्किम अन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमारु १० हजार पक्का छुट पाउनेछन्।

अथवा कुनै पनि सुजुकी ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा रु १५ हजार तथा अन्य कुनै ब्राण्डको पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्स्चेन्ज गर्दा ग्रहाकले रु १० हजार थप मूल्यांकन प्राप्त गर्न सक्नेछन्।

वा शून्य प्रतिशत फाइनान्सको सुबिधाका साथै एक वर्ष ‘रोड ट्याक्स फ्री’ हुने समेत कम्पनीले जनाएको छ।

यो स्किम अन्र्तगत हरेक १५ दिनमा लक्की ड्र मार्फत बम्परमा १० ग्राम सुनको सिक्का एक जना ग्राहकलाई उपलब्ध गराउने समेत कम्पनीले जनाएको छ।

यो स्किम दशैं, तिहार तथा छठको लागि लागू हुनेछ।

बीएस६ इन्जिनका साथै एसईपी टेक्नोलोजी, पावर, स्टाइल, कम्फर्ट, ५ वर्ष वारेन्टी र अन्य थुप्रै फिचर भएको सुजुकी मोटरसाइकल तथा स्कुटरले ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad