राजनीति


पूर्वसांसद कार्कीको निधन

पूर्वसांसद कार्कीको निधन

नेपालखबर
माघ १२, २०७६ आइतबार ५:३१,

नेपाली कांग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजंग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ।

मिर्गौला रोगबाट पीडित उनको आइतबार बिहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली कांग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए।

उनले मिर्गौलाको डायलायसिस गराउँदै आएका थिए।

पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मिएका उनी विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।

विसं २०५१ देखि २०५६ सम्म उनले कांग्रेस पाल्पाको जिल्ला सभापतिको जिम्मेवारी वहन गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad