राजनीति


बालुवाटारमा ओली–प्रचण्ड छलफल

बालुवाटारमा ओली–प्रचण्ड छलफल

नेपालखबर
माघ १२, २०७६ आइतबार ५:४४,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जारी भेटवार्तामा केन्द्रीय समितिको बैठक, पार्टी सञ्चालन र सभामुखको निर्वाचनका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बताएको छ।

छलफलमा माघ १५ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा पेश गर्ने प्रतिवेदन, संवैधानिक निकायको नियुक्तिका विषयमा समेतका बारेमा छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

शनिबार नेपाली कांग्रेससहित बसेको बैठकमा संवैधानिक नियुक्तिको विषयमा सहमति जुटेको थिएन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad