ad ad

राजनीति


चीनबाट फर्के लगत्तै एमाले महासचिव पोखरेलले भेटे पूर्वराष्ट्रपति भण्डारी

चीनबाट फर्के लगत्तै एमाले महासचिव पोखरेलले भेटे पूर्वराष्ट्रपति भण्डारी

नेपालखबर
असोज १, २०८० सोमबार २१:४८, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। चीन भ्रमण सकेर नेपाल फर्किएपछि महासचिव पोखरेलले भण्डारीसँग भेट गरेका हुन्। 

सोमबार साँझ पूर्वराष्ट्रपति भण्डारीसँगको भेटको तस्बिर सेयर गर्दै महासचिव पोखरेलले भनेका छन्, ‘चीन भ्रमणपश्चात पूर्व राष्ट्रपतिज्यूसँगको भेटघाट।’

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल चीन भ्रमणमा गएका थिए। एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि महासचिव पोखरेल भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए।

पोखरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छोइछिङ सहरबाट सीधा हवाई सेवा सञ्चालनका लागि चीन भ्रमणका क्रममा प्रस्ताव गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .