ad ad

ग्लोबल


इरानमा बन्दी बनाइएका पाँच अमेरिकी दोहा प्रस्थान

इरानमा बन्दी बनाइएका पाँच अमेरिकी दोहा प्रस्थान

नेपालखबर
असोज १, २०८० सोमबार २१:५१, काठमाडौँ

इरान र अमेरिकाबीच भएको बन्दी आदानप्रदान सम्झौता अन्तर्गत इरानमा बन्दी बनाइएका पाँच जना अमेरिकी नागरिक उनीहरूका दुई जना आफन्तसहित तेहरानबाट दोहाका निम्ति प्रस्थान गरेका छन्। कतारी विमानबाट उनीहरू दोहा आउन लागेका हुन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि अमेरिकामा पक्राउ परेका पाँच जना इरानी नागरिकलाई थुनामुक्त गर्नेसम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेको छ। अब उनीहरू पनि हिरासतमुक्त भएका छन्।

तेहरान र वासिङ्टनबीच भएको बन्दी आदानप्रदानको सम्झौताको पूर्वशर्त नै रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनुपर्ने तेहारानको माग थियो।  अमेरिकाको अनुरोधमा दक्षिण कोरियाले रोक्का गरेको इरानी छ अर्ब अमेरिकी डलर निकासा दिएपछि उनीहरू हिरासतमुक्त भएका हुन्। 

कतारको मध्यस्थतामा रकम निकासा भएको हो। 

इरानले अब विश्वका अन्य देशमा रोक्का गरिएको आफ्नो वैधानिक सम्पत्ति फुकुवा हुने विश्वास व्यक्त गरेको छ।

इरानी सञ्चार माध्यमहरूका अनुसार अमेरिकाले मुक्त गरेका दुई जना इरानी कतारको राजधानी दोहा आइसकेका छन् भने बाँकी तीन जना अमेरिकामा नै बस्ने वा तेस्रो देशमा जानेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .