राजनीति


माओवादीले पार्टी एकताका लागि नाम फेर्नेबारे महाधिवेशनबाट निर्णय लिने

माओवादीले पार्टी एकताका लागि नाम फेर्नेबारे महाधिवेशनबाट निर्णय लिने

नेपालखबर
असोज १, २०८० सोमबार २०:४५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)ले पार्टीको नामबारे आगामी महाधिवेशनमा छलफल गरेर निर्णय लिन सकिने बताएको छ।

पार्टी महासचिव देव गुरुङले एक परिपत्र जारी गर्दै पार्टी एकतालाई सफल तुल्याउन नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टमा रहेको ‘माओवादी केन्द्र’को बारेमा छलफल गर्न सकिने बताएका छन्। 

महासचिव गुरुङले जारी गरेको परिपत्रमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिष्ट घटकहरुसँग पार्टी एकताको विषयमा गम्भिर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिष्ट पार्टीको पछाडी कोष्टमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ।’

गत भदौ २५ गते बसेको पार्टी पदाधिकारीहरूको बैठकका निर्णय जानकारी गराउन जारी गरिएको परिपत्रमा प्रदेश इञ्चार्जहरुको सिफारिस भएको बारे पनि जानकारी गराइएको छ। 

जस अनुसार बागमती प्रदेश इञ्चार्जको सिफारिसमा केन्द्रीय सदस्य कमला दोङलाई भक्तपुर जिल्लामा कार्यक्षेत्र तोकिएको छ। 

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्य जगप्रसाद शर्मा र नारायण प्रसाद अधिकारीलाई लुम्बिनी प्रदेशकै अनुगमन तथा स्कूल विभागको जिम्मेवारी तोकिएको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .