ad ad

राजनीति


संयुक्त राष्ट्रसंघमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सहयोगको अपिल गर्छु- प्रचण्ड

संयुक्त राष्ट्रसंघमा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन सहयोगको अपिल गर्छु- प्रचण्ड

माओवादी नेता पोष्ट बहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा शनिबार पेरिसडाँडामा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड। तस्बिर : रासस


नेपालखबर
भदौ ३०, २०८० शनिबार ९:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघमा नेपालको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने विषयमा सहयोगको अपिल गरिने बताएका छन्। 

राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन प्रधानमन्त्री आजै साँझ अमेरिका प्रस्थान गर्दै छन्। 

त्यसअघि आज (शनिबार) बिहान माओवादी नेता पोष्ट बहादुर बोगटीको नवौं स्मृति दिवसका अवसरमा नेकपा माओवादी केन्द्रीय कार्यालय (पेरिसडाँडा) मा आयोजित कार्यक्रममा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नाका निम्ति अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक पर्ने बताएका हुन्। 

‘संयुक्त राष्ट्रसंघमा हुँदा पनि नेपालको राष्ट्रिय हित, खासगरी योपटक अलि बढी नै हामीले त्यहाँ आफ्ना कुरालाई अपिल गर्नुछ अन्तर्राष्ट्रिय समुदायको अगाडि’, उनले भने, ‘एउटा त हामीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका निम्ति इन्टरनेसनल कम्युनिटीको सहयोग चाहियो र नेपाल एउटा यस्तो उदाहरण बन्न चाहन्छ, सफल उदाहरण बन्न चाहन्छ भन्ने कुराको अपिल गर्नुछ।’  

शान्ति प्रक्रियाअन्तर्गत माओवादी लडाकु समायोजन र हतियार व्यवस्थापन भइसकेको छ भने अब टुंगो लाग्न बाँकी संक्रमणकालीन न्यायसम्बन्धी बेपत्ता नागरिक खोजबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) मात्रै छ।दोस्रोमा जलवायु परिवर्तनले नेपालमा पारेका असरबारे कुरा राख्ने उनले बताए। 

अमेरिका भ्रमणपछि प्रधानमन्त्री प्रचण्ड उतैबाट छिमेकी मुलुक चीन जाने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .