राजनीति


सरकार टिकाउने चिन्ता छैन, भ्रष्टाचारविरोधी अभियान अन्तिमसम्म पुर्‍याउँछु : प्रधानमन्त्री

सरकार टिकाउने चिन्ता छैन, भ्रष्टाचारविरोधी अभियान अन्तिमसम्म पुर्‍याउँछु : प्रधानमन्त्री

नेपालखबर
भदौ २५, २०८० सोमबार १६:२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले एकपछि अर्को भ्रष्टाचारविरोधी अभियानको थालनी गरेको भन्दै त्यसविरुद्ध देशभरबाट षड्यन्त्र भइरहेको दाबी गरेका छन्। 

विराटनगरको सन्देशसभालाई सम्बोधन गर्ने क्रममा सोमबार उनले आफ्नो सरकार कति दिन टिक्छ भन्ने चिन्ता नभएको पनि बताए। 

‘नक्कली भुटानी शरणार्थी प्रकरणबाट सुरु भएको यो अभियान ललिता निवास हुँदै सुनको तस्करविरुद्ध लागेको छ। एकपछि अर्को बेथितिविरुद्ध यस्तो कदम लिएपछि देशभर प्रतिक्रियावादीहरु यसको षडयन्त्र गरिरहेका छन्। आफ्नै लडाईंले अघि बढ्न सकिन्छ, त्यतिबेला जनताको साथ चाहिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

भ्रष्टाचारविरुद्धको अभियानलाई अन्तिमसम्म पु¥याउने प्रतिज्ञा आफूले लिएको बताए। 

‘सरकार कति दिन टिक्छ भन्ने मलाई चिन्ता छैन, भ्रष्टाचारविरुद्धको अभियान अन्तिमसम्म पुर्याउने प्रतिज्ञा लिएको छु,’ प्रधानमन्त्रीको भनाइ थियो।

उनले लामो समयदेखि रहेको नागरिकतताको समस्या पनि समाधान यो सरकारले गरेको बताए। 

‘नागरिकताको समस्या धेरै वर्षदेखि थियो। यही सरकारले नागरिकताको समस्या समाधान गर्न दृढताकासाथ अघि बढेर मूलभूत रुपमा समाधान गर्यो। या ठूलो उपलब्धि हो,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .