प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले नेपाली कांग्रेसका संस्थापकसमेत रहेका बीपी कोइराला कुरा सही रुपमा कार्यान्वयन गर्न सकिए उनीप्रति सम्मान हुने बताएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आइतबारदेखि जारी बीपी साहित्य महोत्सवमा ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बीपी’सत्रमा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले साहित्य महोत्सवमा आफ्ना कुरा राख्ने क्रममा राजासँग मिल्ने बीपीको मेलमिलाप नीतिमा भने आफूहरुको असहमति रहेको बताए।
‘बीपीले भारत र चीनसँग समदूरी राख्नुपर्छ भन्नु हुन्थ्यो। उहाँ असंलग्न परराष्ट नीतिमा अडिग हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँको विचारलाई सही रुपमा कार्यान्वयन गर्न सकिए अहिलेको समस्या हटाउन सकिन्छ। यति गर्न सकेमा उहाँप्रति खास सम्मान हुन्छ।’
Shares
प्रतिक्रिया