ad ad

राजनीति


चुच्चे नक्साबारे तत्कालिन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्छ : माधव नेपाल

चुच्चे नक्साबारे तत्कालिन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्छ : माधव नेपाल

फाइल तस्बिर


नेपालखबर
भदौ २१, २०८० बिहिबार १५:६, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेपालले जारी गरेको चुच्चे नक्साको बारेमा तत्कालिन परराष्ट्रमन्त्रीले स्पष्ट पानुपर्ने बताएका छन्। 

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अध्यक्ष नेपालले नक्साको बारेमा जानकारी गराउनु दायित्व पनि भएको उल्लेख गरे।

अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइएको भए कुन रुपमा, कसरी गराइएको हो तत्कालिन परराष्ट्रमन्त्रीले स्पष्ट पार्नुपर्ने उनले बताए। 

‘जानकारी गराइसकेको भइसकेपछि एक्लाएक्लै अनौपचारिक रुपमा गरिएको हो कि नेपाल सरकारको तर्फबाट आधिकारिक रुपमा पूर्व परराष्ट्रमन्त्रीजीले जानकारी गराउनुभएको हो। यदी गराउनुभएको हो भने परराष्ट्र मन्त्रालयबाट कसै न कसैको उपस्थिति भएको हुनुपर्दछ,’ समितिको बैठठकमा बोल्दै उनले भने, ‘यदि परराष्ट्र मन्त्रालयमा कुनै कर्मचारीको उपस्थिति थियो भने, कुनै अधिकारीको उपस्थिति थियो भने त्यसको रेकर्ड राख्नेगरेको चलन छ कि छैन? के के कुराहरू भयो भन्ने राख्ने गरिन्छ कि गरिदैनँ? त्यो पनि एउटा जिज्ञासा छ।’

त्यतिबेला लिखित चिठी पठाउने काम भएको वा नभएको भन्नेबारे पनि अन्य सबै राजदूहरुसँग छलफल हुनुपर्ने उनले बताए। 

‘त्यो बेलामा लिखित रुपमा चिठी पठाउने काम भयो, भएन? अरु सबै राजदूतसँग भएको हो कि एउटा देशको राजदुतसँग मात्रै भेटघाट, कुराकानी भएको हो? संसदबाट हाम्रो नक्सा पारित भइसकेपछि स्वभाविक रुपमा सिंगो अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुपर्ने नेपाल सरकारको कर्तव्य हुन्थ्यो। दायित्व हुन्थ्यो। त्यस अनुसार सबैलाई गराइयो गराइएन?,’ नेपालले भने, ‘त्यो गराइयो भने मौखिक मात्रै गराइयो कि? लिखित रुपमा प्रस्तुत गर्ने काम भयो, भएन? पछि लेखेर पठाउने काम हुनसक्यो सकेन। के भएको हो पहिले तथ्य कुरा थाहा पाउनुप¥यो। यस्ता कमजोरी भएका हुन् भने आउने दिनमा त्यस्ता कमजोरीहरु नदोहोरिउन भन्ने कुरामा विशेष ढंगले ध्यान आर्कषित हुनुपर्छ भन्ने लाग्दछ।’

अध्यक्ष नेपाललले परराष्ट्र सम्बन्धमा देखिएका कमी, कमजोरीहरुको समिक्षा गर्दै आगामी दिनमा दोहोरिन दिनु नहुने पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .