ad ad

राजनीति


कोशी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

कोशी सरकारविरुद्धको मुद्दामा बहस सकियो, आदेश आउन बाँकी

नेपालखबर
भदौ २१, २०८० बिहिबार १३:४८, काठमाडौँ

कोशी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सकिएको छ। 

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत असंवैधानिक भएको दाबी गरी हालिएको रिट निवेदनमा आज जवाफी बहस सकिएको हो।

निवेदक र प्रतिवादीको बहसपछि आज जवाफी बहस भएको हो। 

अब आदेश जारी गर्न बाँकी छ। 

न्यायाधीश सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजालसमा मुद्दाको सुनुवाइ गरिएको हो। जसमा कोशीका मुख्यमन्त्री उद्धव थापा र प्रदेश प्रमुख परशुराम खापुङलाई विपक्षी बनाइएको छ।

विपक्षीका तर्फबाट बहस गर्ने कानुन व्यवसायीले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत नै रहेको दाबी गरेका छन्।

यो रिटलाई कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा पठाउने निर्णय भएको थियो। त्यही अनुसार सोमबारदेखि पूर्ण इजलासमा बहस भइरहेको थियो। 

न्यायाधीश प्रधान मल्ल र सुष्मलता माथेमाको इजलासले आइतबार उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय दिएकी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .