ad ad

राजनीति


पर्यटनमन्त्रीलाई ‘दायाँबायाँ’ नगर्न संसदीय समितिका सभापति यादवको खबरदारी

पर्यटनमन्त्रीलाई ‘दायाँबायाँ’ नगर्न संसदीय समितिका सभापति यादवको खबरदारी

नेपालखबर
भदौ १८, २०८० सोमबार १६:२, काठमाडौँ

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पर्यटनमन्त्री सुदन किरातीलाई गलत काम नगर्न खबरदारी गरेका छन्।

सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै सभापति यादवले यस्तो खबरदारी गरेका हुन्। उनले पर्यटनमन्त्री किरातीमा केही काम गरौं भन्ने जोस जाँगर देखिएको बताए।

उनले देश र जनताको लागि केही गर्छु भन्ने प्रयास मन्त्रीले गर्न खोज्दा समिति नीतिगत सुधार गर्न तयार रहेको बताए। उनले मन्त्रीले पर्यटन सम्बन्धि नीतिहरु समयअनकुल बनाउनुपर्ने र त्यो देशको हीतमा भए सामुहिक पहल गर्न समिति तयार रहेको बताए।

उनले भने, ‘पर्यटन क्षेत्रमा काम गर्ने केही हडलहरु रहेको कुरा छ भन्ने कुरा मन्त्रीले इमान्दरीपूर्वक भन्नुभएको छ। मन्त्रीले देशको लागि केही गर्छु भनेर इमान्दारी प्रयास र पहलकदमी गर्नुभयो भने समितिले पोलिसी डिपार्चर तिर जानुपर्यो भने। नयाँ समय, नयाँ सन्र्दभ र नयाँ ढङ्गले अगाडि बढ्न खोज्यो देशको हीतमा छ भने समिति समूहिक पहलकदमी गर्न तयार छ। यहाँले जोस जाँगरका साथ काम गर्नुस्। मन्त्रीलाई राम्रो कामको लागि साथ पनि छ। साथ पाउनुहुन्छ। तर कहीँ दायाँ बायाँ भयो भने त्यहाँ हामी नियमन र नियन्त्रण पनि गर्छौं।’

सभापति यादवले समितिले मन्त्रीलाई राम्रो कामको लागि साथ पनि दिने र कहि दायाँबायाँ भयो भने नियमन र नियन्त्रण दुवै गर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .