ad ad

राजनीति


संविधान अनुसार बन्न बाँकी कानून बनाएर संसदमा पेस गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

संविधान अनुसार बन्न बाँकी कानून बनाएर संसदमा पेस गर्न राष्ट्रिय सभा अध्यक्षको निर्देशन

नेपालखबर
भदौ १८, २०८० सोमबार १५:११, काठमाडौँ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान अनुुसार बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएका छन्।

सोमवारको राष्ट्रिय सभा बैठकबाट अध्यक्ष तिमिल्सिनाले संविधान अनुसार बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।

उनले संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित सुझावहरुलाई कार्यान्वयन गर्न पनि निर्देशन दिए। उनले सुशासन कायम गर्न र संघीयताको कार्यान्वयन प्रभावकारी रुपमा गर्न कानून निर्माण गर्नुपर्ने बताए। उनले कानूनी रिक्तता पुरा गरी संविधानको कार्यान्वयनलाई पूर्णता दिनुपर्ने बताए।

उनले भने, ‘सुव्यवस्थित रुपमा राज्य सञ्चालन गरी सुशासन कायम गर्न, संघीयताको कार्यान्वयन प्रभावकारी रुपमा गर्न, कानूनी रिक्तता पूरा गर्न साथै संविधानको कार्यान्वयनलाई समेत पूर्णता दिन संविधान अनुसार बन्न बाँकी कानूनहरुको अध्ययन प्रतिवेदन २०८० मा उल्लेखित बन्न बाँकी कानूनहरुको तर्जुमा गरी प्राथमिकताको आधारमा संसदमा पेस गर्न तथा उक्त प्रतिवेदनमा समावेश भएका अन्य सुझावहरु समेत कार्यान्वयन गर्न नेपाल सरकारलाई निर्देशन गर्दछु। सरकारले सभाको यस निर्देशनलाई गम्भिरतापूर्वक पालना गर्ने नै छ।’

राष्ट्रिय सभाको आगामी बैठक भदौ २४ गते आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .