ad ad

राजनीति


‘प्रहरी अधिकृतहरुको सरुवाले सरकारबाट भ्रष्टाचार नियन्त्रण नहुने देखाइसक्यो’

‘प्रहरी अधिकृतहरुको सरुवाले सरकारबाट भ्रष्टाचार नियन्त्रण नहुने देखाइसक्यो’

नेपालखबर
भदौ १८, २०८० सोमबार १३:५८, काठमाडौँ

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका फाइल खुल्दै गए पनि अनुसन्धान प्रभावित भइरहँदा जनतामा विश्वास उठ्दै गएको बताएका छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘भ्रष्टाचार र तस्करीबाट यो देश आक्रान्त छ। जबसम्म सही रुपमा छानबिन गरेर जरोसम्म पुग्न सकिँदैन त्यतिबेलासम्म केही हुँदैन’, उनले भने, ‘भ्रष्टाचारका फाइलहरु खुलेका छन्। तर टुंगोमा नपुगी तुहिने अवस्था आएको छ।’

उनले प्रहरीका हाकिमहरुको असमयमा भएको सरुवाले भ्रष्टाचार नियन्त्रण हुने कुरा अब सम्भव नभएको बताए।

‘५/७ महिना नपुग्दै प्रहरी अधिकारीहरुको धमाधम सरुवा भएको छ’, उनले भने, ‘त्यो सरुवाले आमरुपमा भ्रष्टाचार नियन्त्र हुन्छ न्ने विश्वास जनतामा हराएको छ।’

केसीले पछिल्लो समय धर्म, जात, संस्कार र संस्कृतिका हिसावले प्रहार हुन थालेको बताए। ‘हामी सबै नपाली हौँ तर अनेक प्रहार हुन थालेको छ’, उनले भने, ‘जाति जाति लड्न खोज्दा सरकार मौन बसेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .