ad ad

राजनीति


ललिता निवास प्रकरणबारे एमालेको प्रश्न : संगठित अपराध थिएन भने किन ६० दिन थुनियो?

ललिता निवास प्रकरणबारे एमालेको प्रश्न : संगठित अपराध थिएन भने किन ६० दिन थुनियो?

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८० मंगलबार १२:३७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएकाहरुलाई सरकारले संगठित अपराधमा ६० दिनसम्म थुनेकोमा प्रश्न उठाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको विशेष समयमा बोल्ने क्रममा उनले ललिता निवासमा पक्राउ परेकाहरुलाई संगठित अपराधमा म्याद थपेर किर्तेमा मुद्दा चलाएको भन्दै आपत्ति जनाएका छन्। 

उनले सीआईबीलाई बदनाम हुने गरी पक्राउ पुर्जी नै नदिई सांसद सुनिल शर्मा र सक्कली डाक्टरलाई पनि थुनिएको बताए। 

गिरीले मुद्दा कमजोर बनाएर किर्तेमा मुद्दा चलाउने भए संगठित अपराधमा ६० दिनसम्म थुनामा राख्ने सरकारको कदम गलत भएको बताए। 

‘बिनापुर्जी बिनासूचना सरकारले थुन्ने र बेइज्जती गर्ने काम गर्छ। ललिता निवासमा अनौठो किसिमको नाटक भयो। अदालतले भ्रष्टाचारका नाइकेहरुलाई छानबिन गर भन्दा छानबिन गर्दैन’, उनले भने, ‘संगठित अपराधमा होइन, किर्तेमा मुद्दा चलाइएको छ। किर्ते मात्रै हो भने किन ६० दिन थुनियो? यसको पारदर्शी ढंगले छानबिन गर्नुपर्छ।’

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले असार १२ गते सबैभन्दा पहिले भाटभटेनी सुपरमार्केटमा मालिक मीनबहादुर गुरुङ र पूर्वसचिव सुधीरकुमार शाहसहितलाई पक्राउ गरेको थियो।

त्यसयता उनीहरुलाई ६० दिनसम्म हिरासतमा राखियो। तर जिल्ला सरकारी वकिलको कार्यालयले संगठित अपराधमा नभई अभियुक्तहरुमाथि किर्तेमा मात्रै मुद्दा चलाउने निर्णय गरेको छ। संगठित अपराधमै ६० दिन हिरातस बसेर पूर्वसचिव शाह छुटिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .