ad ad

राजनीति


सरकारले सीआईबीलाई निकम्मा बनायो, नेता जोगाउन खटायो : पदम गिरी

सरकारले सीआईबीलाई निकम्मा बनायो, नेता जोगाउन खटायो : पदम गिरी

फाइल तस्बिर


नेपालखबर
भदौ १२, २०८० मंगलबार १२:१९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले गठबन्धन सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निकम्मा बनाएको बताएका छन्।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन्। 

‘सरकारले सीआईबीलाई निकम्मा बनायो। सत्ता पक्षका नेता जोडिएपछि सीआईबीले नजर लगाउन सक्दैन’, उनले भने, ‘नक्कली शरणार्थी प्रकरणमा नेताहरुलाई जेल पठाएका प्रहरी अधिकारीहरु छानीछानी सरुवा गरियो। सुन तस्करीमा सत्ताका नेताहरु जोडिएका छन् तिनीबारे बोलिँदा सांसद सुनिल शर्मासहितलाई पक्राउ पुर्जीबिना थुनियो।’

उनले सीआईबीलाई बदनाम हुने गरी पक्राउ पुर्जी नै नदिई सक्कली डाक्टरलाई पनि थुनिएको बताए। 

‘बिनापुर्जी बिनासूचना सरकारले थुन्ने र बेइज्जती गर्ने काम गर्छ। ललिता निवासमा अनौठो किसिमको नाटक भयो। अदालतले भ्रष्टाचारका नाइकेहरुलाई छानबिन गर भन्दा छानबिन गर्दैन’, उनले भने, ‘संगठित अपराधमा होइन कीर्तेमा मुद्दा चलाइएको छ। कीर्ते मात्रै हो भने किन ६० दिन थुनियो? यसको पारदर्शी ढंगले छानबिन गर्नुपर्छ।’

उनले गिरीबन्धु टि स्टेट, टीकापुर जग्गाकाण्ड, यति, ओम्नी, न्यारो बडी र वाइडबडीको पनि छानबिन गर्न सरकारलाई चुनौती दिएका छन्। 

‘सरकार सुशासन दिन होइन, स्टन्ट गर्न आएको रहेछ’, उनले भने, ‘ललिता निवासमा ३१० जनाभन्दा धेरैलाई किर्तेमा मुद्दा चलाएर उन्मुक्ति दिने काम गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .