ad ad

राजनीति


कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ : विप्लव

कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ : विप्लव

नेपालखबर
भदौ ११, २०८० सोमबार १९:२१, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताएका छन्।

सोमबार काठमाडौंमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव विप्लवले परिस्थितिले पनि प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बताएका हुन्।

‘देशमाथि हमला हुँदाखेरी वा हस्तक्षप हुँदा एक हुन आवश्यक छ। यो संघर्षको नयाँ मोर्चापनि हो। परिस्थितिले नयाँ मोर्चा खडा गर्छ। नेपाललाई भित्रि हृदयदेखि माया गर्ने मानिसहरूको पंक्ति यो कार्यक्रममा छ। कम्युनिष्टहरूले के भनेका छन् भने प्रगतिशील शक्तीसँग मिल्नुपर्छ। नेपालको परिस्थितिले के भन्छ भने प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ, उनले भने।

विप्लवले देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्ने पनि बताए।

‘यहाँ एउटा नौलो खालको जमघट भएको छ। झापा विद्रोहदेखि सुरक्षाकर्मी संघसम्म, जनरलदेखि माओवादीका योद्धा, लडाकुसम्म। पिएलएका पनि यहाँ हुनुहुन्छ। हामी फुटेका पनि यहाँ जुटिसकेका छाँै। मान्छे खुब रमाएका थिए, फुट्यौं नी बल्ल खायौँ भनेका थिए। अब हेर हामी कसरी जुट्दैछौं,’ उनले भने, ‘यहाँ झापा आन्दोलनदेखि नौलो जनवाद, समाजवाद ल्याउनका लागि जेलनेल झेल्दै आएका व्यक्तित्वहरूपनि हुनुहुन्छ। यहाँ नेपाल उभिएको जस्तो अनुभुती भएको छ। नेपाल दुई वटा छन्। एउटा नेपाल मालिकहरूको अगाडी नाग रकडेर बस्ने मान्छेहरू छन्। दुई कौडीको भिखको लागि देश बेच्न तयार हुने गद्धारहरू पनि छन्। लाचार मान्छेहरूको एउटा पंक्ती छ नेपालमा।’ 

साथै, प्रगतिशील शक्तीसँग मिले मात्रै देशको विकास हुने बताउँदै उनले एमसीसी केवल आर्थिक प्रोजेक्ट मात्र नभई सैन्य मोर्चा रहेको पनि बताए।

‘एमसीसी केवल आर्थिक प्रोजेक्ट होइन। संस्थाको कुरा मात्रै होइन। एमसीसी सैन्य मोर्चा हो। यो नेपालको मोर्चा मात्रै होइन अन्तर्राष्ट्रिय मोर्चाको अंग पनि हो,’ उनले भने।

देशप्रति गद्धारी गर्नु आमाप्रति गद्धारी गर्नुसरह भएको उल्लेख गरे।

‘देशप्रति गद्धारी गर्नु र आमाप्रति गद्धारी गर्नु एउटै कुरा हो। आफ्नो कुर्सी र पदको लागि आमाप्रति गद्धारी गर्ने कलङ्कीत पात्रहरूपनि यहाँ छन्। तर, त्यो होइन। यो कार्यक्रममा नेपालमा स्वर्ग खडा गर्न चाहने मान्छेहरूको पंक्ती छ। हामी नेपाललाई साँच्चीकै सुन्दर र सभ्य देश बनाउन चाहन्छौँ। नेपाली जनताबाट हेर्नुभयो भने त्यो सम्भव छ,’ विप्लवले अघि भने, ‘त्यसको लागि धेरै कठिनाई संघर्ष गर्नुपर्छ। हाम्रो देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनसक्छौं,’ उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .