ad ad

राजनीति


जनमोर्चाले भन्यो- पूर्वी नेपालमा साम्राज्यवादीले विखण्डनको प्रयास गरे

जनमोर्चाले भन्यो- पूर्वी नेपालमा साम्राज्यवादीले विखण्डनको प्रयास गरे

नेपालखबर
भदौ ९, २०८० शनिबार २०:१४, काठमाडौँ

राष्ट्रिय जनमोर्चाले पूर्वका केही जिल्लामा सामाजिक सद्भाव बिथोल्ने प्रयास भइरहेको भन्दै सद्भाव कायम राख्न सबैसँग अपिल गरेको छ। 

अध्यक्ष चित्रबहादुर केसीले शनिबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरुले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपिल गरेका छन्।

विज्ञप्तिमा केसीले कतिपय साम्राज्यवादी शक्तिहरुले नेपालमा विभिन्न जातजातिकाबीच द्वन्द्व र अन्तरविरोध पैदा गराएर एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्नका लागि विभिन्न षड्यन्त्र गरिरहेको भन्दै सतर्क रहन पनि आग्रह गरेका छन्।

यस्तो छ विज्ञप्ति
पूर्वका केही जिल्लाहरुमा बिग्रँदो सामाजिक सद्भावप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सर्वप्रथम त हामीले ती जिल्लाका स्थानीय विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरुले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपील गर्दछौँ। 

सरकारलाई पनि सामाजिक सद्भाव कायम राख्न प्रशासन वा दमनको साहारा नलिन आपसी सम्झाई बुझाई सम्वादको माध्यमद्वारा समस्यालाई समाधान गर्न जोड दिन्छौँ।

नेपाल एउटा बहुधर्म, बहुभाषा तथा बहुसंस्कृति भएको मुलुक हो। यिनीहरुका बिचको आपसी एकताद्वारा नै नेपालको राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिने छ। तर कतिपय साम्राज्यवादी शक्तिहरुले नेपालमा विभिन्न जातजातिका बिच द्वन्द्व र अन्तरविरोध पैदा गराएर एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्नका लागि विभिन्न षड्यन्त्र गरिरहेका छन्। त्यसप्रति हामी सबैले गम्भीरतापूर्वक ध्यान दिएर नेपाललाई विखण्डनको दिशामा लैजाने साम्राज्यवादी षड्यन्त्रका विरुद्ध सतर्क हुनपर्नेमा जोड दिन्छौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .