ad ad

राजनीति


इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि अस्वाभाविक : प्रदीप पौडेल

इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि अस्वाभाविक : प्रदीप पौडेल

नेपालखबर
भदौ ७, २०८० बिहिबार १५:१२, काठमाडौँ

प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले इन्जिनियरिङ अध्ययन संस्थानमा २०० प्रतिशत शुल्क वृद्धि गरेको भन्दै शुल्क वृद्धिको निर्णय फिर्ता लिन माग गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले शुल्क वृद्धि अस्वभाविक भएको बताए।

उनले भने, ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान आन्दोलित छ। त्यहाँ झन्डै २०० प्रतिशत शुल्क वृद्धि गरिएको छ। इन्जिनियरिङ शिक्षामा गुणस्तरीयता कायम गरेको र सामान्य जनताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आएको इन्जिनियरिङ अध्ययन संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ। त्यो अस्वभाविक छ। तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरुको मागलाई पुरा गरियोस्।’

सांसद पौडेलले त्रिभुवन विश्वविद्यालय भद्रगोल ढंगले चलिरहेको भन्दै यसलाई सुधार गर्नका लागि शिक्षा मन्त्रालयले स्वेतपत्र जारी गर्नुपर्ने बताए।

यस्तै, प्रतिनिधि सभा सदस्य दीपा शर्माले चिकित्सा शिक्षा र प्राविधिक शिक्षामा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। उनले सिटिइभिटी अन्र्तगतबाट सञ्चालित क्याम्पस सञ्चालकहरु आन्दोलित भइरहेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गरइन्।

उनले भनिन्, ‘शिक्षा क्षेत्र आज आन्दोलित छ। आज माईतीघर मण्डलामा १३ औँ दिन भयो चिकित्सा शिक्षा र प्राविधिक शिक्षा सिटिइभिटी अन्तर्गतबाट सञ्चालित क्याम्पसका सञ्चालकहरु त्यहाँ आन्दोलित छन्। सरकार बेखबर जस्तै बनेको छ। म आग्रह गर्न चाहान्छु, तुरुन्तै यो विषयमा छलफल चलाइ यसलाई टुंगोमा पुर्याउनका लागि चिकित्सा शिक्षा र सिटिइभिटीमा देखिएका समस्या समाधान गर्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .