नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समिति बैठक बालकुमारीमा सुरु भएको छ।
हिजो (मंगलबार) देखि ललितपुरको बालकुमारीस्थित कान्तिपुर गार्डेन ब्याङ्क्वेटमा प्रारम्भ भएको बैठक आज पुनः बसेको हो।
हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालले ३९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।
उक्त प्रतिवेदनमाथि आजदेखि केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्न कार्यक्रम रहेको पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।
अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा एमालेसँग विद्रोह गर्नुको औचित्य, अन्तर्राष्ट्रिय परिस्थिति, भू–राजनीतिक परिस्थिति, आजको राजनीतिक परिस्थिति, नेपाली समाजको विशिष्ट अवस्थालगायतबारे चर्चा गरिएको छ।
पार्टीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष नेपालको प्रतिवेदनमाथि फरक मत राख्दै पार्टी विद्रोहको औचित्य, समाजवादी मोर्चा र जबजबारे टिप्पणी गरेका थिए।
यही भदौ ७ गतेसम्म चल्ने बैठकले महाधिवेशनको मिति र स्थान तय गर्ने नेकपा एकीकृत समाजवादीले जनाएको छ।
Shares
प्रतिक्रिया