अमेरिकी उपल्लो सदनका सिनेटर क्रिसभ्यान होलानसँग अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले क्यापिटल हिलमा भेटघाट गरेका छन्।
उनीहरुबीचको भेटमा नेपाल–अमेरिका सम्बन्धको बहुआयामिक पक्ष, प्रजातान्त्रिक स्थिरता र नेपालको विकासमा अमेरिकाको आर्थिक सहायतालगायतका विषयमा छलफल छ।
होलान नेपाली समुदायका बीच परिचित सिनेटर हुन्।
उनले अमेरिकामा रहेका नेपालीलाई टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) मार्फत स्थायी बसोबासका लागि समेत बिल तयार पारेका थिए।
मेरिल्याण्डबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्ने होलान डेमोक्रयाट पार्टीका प्रभावशाली सिनेटरसमेत हुन्। रासस
18
Shares

प्रतिक्रिया