संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीका बुवाको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन्।
नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदसस्यसमेत रहेका मन्त्री किराँतीका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको थियो।
प्रधानमन्त्री प्रचण्डले राईको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरुमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन्।
‘नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री माननीय सुदन किराँतीका आदरणीय बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा दुखद् निधन भएकोमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु। दुःखको यस घडीमा शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्।
Shares

प्रतिक्रिया