पटक पटक स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बस्दै छ।
दिउँसो ३ बजे बस्नेगरी प्रतिनिधिसभाको बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने कार्यसूची छ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेसहितका ८ वटा सम्भावित कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।
नेकपा एमालेले साउन १० देखि लगातार गरेको अवरोधका कारण संसद् चल्न सकेको छैन।
सोमबार साँझ प्रधानमन्त्रीको आह्वानमा भएको सर्वदलिय बैठकमा संसदको अवरोध हटाउन एमाले सहमत भएको हो।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै नेकपा एमाले संसद अवरुद्ध गर्दै आएको थियो।
संसदमा प्रतिनिधित्व गर्ने प्रमुख दलहरु उच्चस्तरीय छानबिन समिति बनाउन सहमति नजिक पुगेपछि एमाले संसदलाई सञ्चालन गर्न दिन सहमत भएको हो।
यस्तो छ सम्भावित कार्यसूची

Shares

प्रतिक्रिया