ad ad

राजनीति


संसद् खुलाउन निर्णायक भनिएको सर्वदलीय बैठक सिंहदरबारमा

संसद् खुलाउन निर्णायक भनिएको सर्वदलीय बैठक सिंहदरबारमा

नेपालखबर
भदौ ४, २०८० सोमबार २०:४१, काठमाडौँ

प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यालयमा बैठक सुरु भएको हो। नेकपा एमालेले साउन १० देखि लगातार गरेको अवरोधले संसद चल्न पाएको छैन।

प्रधानमन्त्री प्रचण्डले आइतबार पनि राष्ट्रिय दलको मान्यता प्राप्त ७ दलको सर्वदलीय बैठक राखेका थिए। तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओली सहभागी भएका थिएनन्।

त्यही भएर सोमबार संसद खोल्न निर्णायक समझदारी गर्नेगरी बैठक बसेको नेताहरूले बताएका छन्।

ओलीलाई बैठकमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डले टेलिफोन गरेका थिए। सुर्खेतको विभिन्न कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री मौसम खराब भएपछि केही घण्टा रोकिँदा ७ बजेका लागि बोलाइएको बैठक केहिबेर अघि सुरु भएको हो।

आजको बैठकले संसद खोल्नेगरी केही समझदारी गर्न सक्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .