ad ad

समाज


पाँच दिनदेखि हराए बूढानीलकण्ठबाट हिँडेका प्राध्यापक अधिकारी

पाँच दिनदेखि हराए बूढानीलकण्ठबाट हिँडेका प्राध्यापक अधिकारी

नेपालखबर
भदौ ४, २०८० सोमबार २०:५६, काठमाडौँ

प्राध्यापक डाक्टर दलबहादुर अधिकारी पाँच दिनदेखि हराइरहेका छन्।

बूढानीलकण्ठ, काठमाडौंबाट हराएका उनको खोजी भइरहेको भन्दै कतै देख्ने वा भेट्नेले सम्पर्क गरिदिन प्रहरीले सूचना जारी गरेको छ। 

उनी साउन ३२ गते बिहान पौने ११ बजेतिर अधिकारी घरबाट निस्किएका थिए।

‘गहुँगोरी, जन्मजात ओठ फाटेको, हल्का सेतो सर्ट, खरानी रङ्गको सुरुवाल र कालो मोजा, चप्पल र ढाका टोपी लगाएको वर्ष ६८, ४५ केजी, ५ फिट २ इन्च, बिर्सने रोग भएको प्रा.डा. बल बहादुर अधिकारी, यही साउन ३२ गते दिउँसो १०:४५ बजे बिहान बुढानिलकण्ठ, काठमाडौंबाट हराइरहेको हुँदा कही कतै देख्नुहुने वा भेट्नुहुने महानुभावले तलको नम्बरमा वा नजिकको पुलिस कार्यालयमा सम्पर्क गरिदिनु बिनम्र अनुरोध गर्दछौं,’ प्रहरीले सूचनामा भनेको छ।

रूसबाट विद्यावारिधि गरेका अधिकारी गणितका प्राध्यापक हुन्। उनले लामो समय त्रिचन्द्र कलेजमा अध्यापन गरेका थिए। 

अधिकारीमा बिर्सने रोग थियो भने सुगरबाट पनि पीडित थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .